७ वैशाख २०८१ शुक्रबार

चितवनबाट चुनाव लड्ने प्रचण्डको घोषणा

‘कार्यदलले आज साँझसम्म तयार पारेको खाका भोलि बुधबार शीर्ष तहमा बसेर अन्तिम रुप दिन्छौँ’ उनले भने, कार्यदलमा नमिलेका क्षेत्रमा शीर्ष तहमा बसेर मिलाउँछौँ।’ नेपाली काँग्रेसले सुरुमा १ सय सिटमा दाबी गरेको थियो। नेपाली काँग्रेस ८० सिट वरिपरि सहमत हुने सम्भावना रहेको उनले बताए। उनले काँग्रेसले ८० सिट वरिपरि सहमत हुने बताए। ‘हामीले पनि ६० भनेका थियौँ। त्यसबाट केही तलमाथि होला तर त्यसैको वरिपरि हुन्छ’ उनले भने।

माओवादी केन्द्रको महासचिवमा देव गुरुङ, अरु को-को परे पदाधिकारीमा? (नामावलीसहित)

महासचिवमा देव गुरुङको नाम प्रस्ताव भएको छ भने वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा प्रस्ताव भएका छन्। त्यस्तै, उपमहासचिवमा गरिराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत प्रस्ताव भएका छन्।

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउँछु: प्रचण्ड

जापानमा रहँदा आफूले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ पार्दै दुई पक्षीय आर्थिक सहयोगलाई अझ प्रवर्द्धन गर्नका लागि केन्द्रीत हुने जानकारी दिए। फेस्टिभल उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अहिले विदेशमा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिने तिर हामी बहस गरिरहेको बताए।

संघ र प्रदेशको चुनावमा माओवादीलाई एक नम्बर पार्टी बनाउनुस्ः प्रचण्ड

देशलाई समावेशी दिशामा लैजान, मधेसमा नागरिकता समस्या समाधान गर्न आफ्नो पार्टीले अग्रणी भूमिका निर्वाह गरेको र कठिन परिस्थितिमा पनि स्थानीय तहको चुनावमा सर्लाहीबासीले माओवादीलाई ठूलो सहयोग गरेको बताउँदै प्रचण्डले संघ र प्रदेशको चुनावमा पनि माओवादीलाई एक नम्बरको पार्टी बनाउन सर्लाहीबासीसँग आग्रह गरेका हुन्।

वामपंथी दलबीच चुनावी मोर्चा हुनसक्छः प्रचण्ड

जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई समूह फुटिसकेको र औपचारिकता मात्र बाँकी रहेको भन्दै उनले दुबै पक्षसँगसमेत छलफल चलिरहेको बताए। भट्टराईले बनाउने अर्को पार्टी पनि गठबन्धनमै रहने भएकोले उनीसँग समेत एकताको विषयमा कुरा चलिरहेको बताए।

बाबुरामलाई नेकपा 'समाजवादी केन्द्र' बनाउन प्रचण्डको प्रस्ताव

सो भेटवार्तामा प्रचण्डले भट्टराईलाई पार्टी एकता गरी नेकपा (समाजवादी केन्द्र) बनाउन प्रस्ताव गरेको स्रोतले बताएको छ। यस्तै भट्टराईले आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताए पनि छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन्।

प्रचण्ड र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

आर्थिक सहकार्यमा केन्द्रित भइ छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको जयशंकरले ट्वीटमार्फत् जानकारी दिएका छन्। प्रचण्डलाई स्वागत गर्दै उनले नेपाली भाषामा भ्रमणबारे जय शंकरले उल्लेख गरेका छन्।

आरजु र प्रचण्डको दिल्लीमा भेट

भेटको क्रममा भारतका लागि नेपाली राजदूत शंकर शर्मा र दाहाल पुत्री गंगा दाहालको उपस्थिति थियो। यसअघि शुक्रबार साँझ दूतावासमा आयोजना भएको रात्रि भोजमा पनि दाहाल र आरजुबीच भेटवार्ता भएको थियो।

अब छिट्टै विशेष महाधिवेशन गर्छौंः दाहाल

गएको पुसमा माओवादी केन्द्रले आठौं महाधिवेशन गरेपनि अहिलेसम्म पदाधिकारी, स्थानीय कमिटी र पोलिटब्यूरो बनाउन सकेको छैन।

अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैनः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्