३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाल कुनै पनि अन्तराष्ट्रिय सैन्य गतिविधिमा सहभागी हुँदैन्: गृहमन्त्री खाँण

फाइल तस्बिर।

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल कुनै पनि अन्तराष्ट्रिय सैन्य गतिविधिमा सहभागी नहुँने बताएका छन्।

नेपाली कांग्रेस रुपन्देही क्षेत्रं २ ले आज बुटवलमा आयोजना गरेको स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको सम्मानमा गृहमन्त्री खाँणले नेपाल कुनै पनि अन्तर्राष्ट्रिय सैन्य गतिविधिमा सहभागी नहुने  पनि प्रष्ट पारेका हुन्।

त्यस्तै उनले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभइ संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र वैदेशिक सम्बन्ध सन्तुलनका  लागि भएको पनि बताए।

सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकमा पर्ने सिद्धबाबा क्षेत्रको सडक दुरावस्थाका कारण हजारौँ यात्रुले सास्ती भोग्नुपरेको र सयौँले ज्यानसमेत गुमाएकाले त्यसलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण आगामी आर्थिक वर्षदेखि अगाडि बढाइने र  पूर्वपश्चिम राजमार्गको दाउन्नेमा पनि सुरुङमार्ग निर्माणको काम सुरु हुने उनले जानकारी दिए।

स्थानीय तहको निर्वाचनले कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएको र आगामी प्रतिनिधिसभा  तथा प्रदेशसभाको निर्वाचनमा पनि पार्टीलाई ठूलो र बलियो बनाउने गरी काम गर्न नेता कार्यकर्तालाई मन्त्री खाँणले आग्रह गरे।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई घोषणापत्र र पार्टीको निर्देशन अनुसार काम गर्न आग्रह गरे। कार्यक्रममा रुपन्देही क्षेत्र नं २ अन्तर्गत बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सैनामैनाका जनप्रतिनिधिलाई सम्मान गरिएको थियो।

प्रकाशित: १८ असार २०७९ १०:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App