१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

वडाध्यक्ष घलान जिसस प्रमुखमा निर्वाचित

जिल्ला समन्वय समिति मकवानपुरमा निर्वाचित भएकाहरु।

हेटौंडा उपमहानगरापलिका १२ नम्बर वडाध्यक्ष ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा विजयी भएका छन्। 

वडाध्यक्ष छोडेर जिसस प्रमुखमा उम्मेदवारी दिएका घलानसहित सत्तारुढ गठबन्धनको प्यानलै विजयी भएको छ। बिहीबार भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारी बुद्धिराम डिमडुङलाई हराउँदै घलान प्रमुखमा विजयी भएका हुन्। 

घलानले १७ मत प्राप्त गर्दा डिमडुङले ३ मत मात्र प्राप्त गरेका थिए। समन्वय समिति उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका सानुकाजी लुइटेल निर्विरोध निर्वाचित भएका छन्। उपप्रमुखमा लुइटेलको मात्र उम्मेदवारी परेको थियो। महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका तारा ढुंगाना (१७ मत), विष्णुमाया थपलिया (१७ मत) र सुमित्रा थिङ (१७ मत) निर्वाचित हुँदा एमालेका बिनाकुमारी थिङ लामाले (३ मत) ल्याएकी थिइन्। 

दलित सदस्यमा नेकपा (एकीकृत समाजवादी) का सुनिता दर्नाल परियारको निर्विरोध निर्वाचित भएकी छिन्। दलित समस्यमा उनको मात्रै उम्मेदवारी परेको थियो। खुलातर्फ ३ जना सदस्यमा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का वीरेन्द्रकुमार लामा (१६ मत), नेकपा माओवादी केन्द्रबाट खड्कबहादुर पुलामी (१७ मत) र सुवर्ण गोपाली (१७ मत) विजयी हुँदा एमालेका तोयानाथ तिमल्सिनाले ३ मत प्राप्त गरेका थिए।  

वडा अध्यक्ष जितेका घलान समन्वय समितिको प्रमुखमा गएसंगै हेटौंडा उपमहानगरपालिकामा माओवादीे वडा अध्यक्षविहीन भएको छ। १९ वडा रहेको उपमहानगरमा माओवादीले एउटा मात्रै वडा जितेको थियो। मकवानपुरमा १० वटा स्थानीय तह रहेको छ। समन्वय समितिमा पालिकाको प्रमुख उपप्रमुखले मतदान गर्ने प्रावधान रहेको छ। जसमध्ये कांग्रेसको ९, माओवादीको ७, नेकपा एमालेको ३ र नेकपा (एस) को एकजना मतदाता रहेका थिए। समन्वय समिति प्रमुखमा विजयी भएका घलानले सबैसंगको समन्वयमा काम गर्ने प्रतिक्रिया दिए।

प्रकाशित: २ असार २०७९ १२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App