३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

देउवाको आग्रह ओलीद्वारा अस्वीकार

प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) पास गराउनका लागि सहयोग गर्न आग्रह गरेका छन्। मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीचको भेटवार्तामा देउवाले संसदमा टेबल भएको एमसीसी पास गर्न सघाउन आग्रह गरेपनि ओलीले अस्वीकार गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल बताए।

भेटका क्रममा प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेको रिजालको भनाइ छ। जवाफमा ओलीले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पारेको रिजालले जानकारी दिए। भेटवार्तामा अध्यक्ष ओलीसँगै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष  विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए।

यस्तै, काँग्रेस तर्फ उपसभापति पूर्णबहादुर खड्कालगायतका नेता सहभागी थिए। यसअघि ओली र देउवाबीच बालकोटमा गत बिहीबार करिब डेढ घण्टा छलफल भएको थियो।

प्रकाशित: १० फाल्गुन २०७८ १६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App