१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पार्टीमा एकता जरुरी छ: देउवा

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दे प्रधानमन्त्री शेरुुबहादुर देउवा। तस्बिर: रोहित/नागरिक

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाएर लैजाने बताएका छन्।धरान २ मा नवनिर्मित नेपाली कांग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई मंगलबार संक्षिप्त सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। 

उनले पार्टीभित्र एकता जरुरी भएकोमा जोडदिदै एकताले पार्टी र सरकार पनि वलियो हुने धारणा राखे। ‘पार्टीको भविष्य बनाउन पार्टीमा एकता जरुरी छ, एकताको लागि पार्टीका सबै साथीभाई एक हुनु जरुरी छ,’ सभापति देउवाले भने,‘यसको शुरुवात धरानबाट हुनेछ भन्ने विश्वास लिएको छु।’

धरानमा कांग्रेसले कहिल्यै जित्दैन भन्ने धारणालाई उपनिर्वाचनले गलत सावित गरिसकेको पनि देउवाले बताए। उनले सबैको सहयोगले पुनः पार्टी सभापति भएको उल्लेख गर्दै आफ्नो अन्तिम कार्यकाल भएको पनि बताए। ‘यो मेरो अन्तिम कार्यकाल हो, पार्टीलाई एक बनाएर लैजाने मेरो दायित्व हो, र मेरो स्वार्थ पनि त्यही हो,’देउवाले भने,‘सबैको सहयोग विना पार्टी एक हुन सक्दैन। त्यसकारण देशभरिका पार्टीका साथीहरुलाई एक भएर हिडेमा पार्टी पनि एक हुनसक्छ।’

प्रधानमन्त्री देउवा धरान स्थापना दिवसको अवसरमा आयोजित तीन दिने 'धरान डे' उत्सवको उद्घाटन गर्न आएका हुन्। पब्लिक हाई स्कुल मैदानमा प्रधानमन्त्री देउवाले धरान डे उद्घाटन गर्ने कार्यक्रम छ। यसअघि प्रधानमन्त्री देउवाले पार्टी कार्यालय र धरान ६ पानवारीस्थित निर्माण भएको फोहोर प्रशोधन केन्द्रको पनि उद्घाटन गरेका छन् भने धरान ८ मा निर्माण भइरहेको स्मार्ट बसपार्कको पनि अवलोकन गरेका छन्।

प्रकाशित: २० पुस २०७८ ०८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App