१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमसिसी बोर्डमा नेपालबारे छलफल

नेपालमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) संसद्बाट पारित गरी कार्यान्वयनमा ल्याउने विषयमा विवाद भइरहेका बेला नेपाली समयअनुसार बुधबार बिहान वासिङ्टनमा एमसिसी बोर्ड बैठक बस्ने भएको छ।

बैठकमा नेपालको विषयमा छलफल हुनेछ। नेपालमा एमसिसी कार्यान्वयनमा ढिलाइ भइरहँदा अमेरिकाले यसबारे उच्च चासो देखाएको छ। अमेरिकी अधिकारीले काठमाडौं आएर एमसिसीलाई कार्यान्वयनमा लैजान दलका नेता र सरकारलाई आग्रह गरिसकेका छन्।

पछिल्लोपटक दक्षिण तथा मध्य एसियासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमण गरेर एमसिसी कार्यान्वयनका लागि उच्च राजनीतिक नेतृत्वसँग आग्रह गरेका थिए।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा तथा सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर नेपालले एमसिसी तत्काल कार्यान्वनयमा नलगे यो परियोजना फिर्ता लैजाने बताएका थिए।

एमसिसी सम्झौता कार्यान्वयनका लागि नेपालको संसद्बाट अनुमोदन गर्नुपर्ने प्रावधान राखिएको छ। राजनीतिक दलहरूबीच समझदारी नहुँदा एमसिसीको विषयले संसद्मा प्रवेश पाउन सकेको छैन।

संसद्को मंगलबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा सरकारले यसलाई पेस गर्ने संकेत गरे पनि निश्चित भइसकेको छैन।

प्रकाशित: २९ मंसिर २०७८ ००:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App