८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

इलाम क्षेत्र १ मा २६ महाधिवेशन प्रतिनिधि छानिए

जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा नेपाली काङ्ग्रेसका २६ महाधिवेशन प्रतिनिधि छानिएका छन्। सोमबार सम्पन्न मतदानपछि भर्खरै सकिएको मतगणनाबाट महाधिवेशन प्रतिनिधिको टुंगो लागेको हो।

यो क्षेत्रबाट महाधिवेशन प्रतिनिधि खुुलातर्फ जिल्ला सभापतिका प्रत्यासी डम्बरबहादुर खड्का सर्वाधिक ४ सय ४९ मत ल्याएर महाधिवेशन प्रतिनिधि चुनिएका छन्। निर्वाचन समितिका अनुसार तोयानाथ भट्टराई (३६९), बेनुपराज प्रसाईं (३६०), उद्धव पौडेल (२९९), हिमाल मास्के (२९७), प्रेमलाल राई (२५८), देवेन्द्रकुमार राई (२४९), भुपेन्द्र कट्टेल (२४२), श्याम खडगी (२४२) र हरिप्रसाद लुुइँटेल (२४२) मत ल्याएर विजयी भए।

महिला खुलातर्फ हरिकला श्रेष्ठ (३७८), खगेश्वरी पौडेल वन्दना (३०३), उत्तमलता श्रेष्ठ (२६८), कमला कट्टेल (२४७) विजयी भएका छन्। खस आर्य खुलातर्फ सञ्जीव ढकाल (२४७) र दुर्गा सुवेदी (१९२) विजयी बने। खस आर्य महिलातर्फ देउकुमारी कट्टेल (२१२), आदिवासी जनजाति खुलातर्फ ध्रुव राई (२९७), जंगबहादुुर गुरुङ (२७८), सन्तोष गुरुङ (२६४) र धनकुमार आले (२०३) विजयी भए।

आदिवासी जनजाति महिलातर्फ चन्द्रकला राई (३६७), मेनुका प्रधान (३०९) र प्रविना राई (२६६), दलिततर्फ जीवन नेपाली (३०३), अल्पसंख्यक/अपांगता/मधेसीतर्फ टीकाराम सुुब्बा लाप्चा (३०८) विजयी बने।

क्षेत्र १ को क्षेत्रीय समितिको मतगणना अब सुरु हुने कांग्रेसले जनाएको छ।  क्षेत्र नम्बर २ को क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिको मतगणना भइरहेको छ। जिल्लामा कांग्रेसको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको नयाँ नेतृत्वका लागि संस्थापन र इतर पक्षको प्यानलमै प्रतिस्पर्धा भइरहेको छ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जिल्ला सभापतिका आकांक्षी ४ नेताले अलग–अलग चारै प्यानल चुनावमा उतारेका छन्।

प्रकाशित: ७ मंसिर २०७८ १३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App