६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

अदालतमा भएको समस्यालाई काँग्रेसले समाधान गर्नुपर्नेः गगन थापा

नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले अहिले अदालतमा भएको समस्यालाई नेपाली काँग्रेसले समाधान गर्नुपर्ने बताएका छन्।

सोमबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट काठमाडौँ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा नेता थापाले नेपाली काँग्रेस आगामी निर्वाचनमा भोट माग्न जाँदा मतदातालाई चुनाव जितेको ५ वर्षमा काँग्रेसले गर्ने कामको सूची बनाएर जानुपर्ने बताए। नेता थापाले नेपाली काँग्रेस राष्ट्रिय निर्णय गर्दा मतदाता र आम जनता खुशी हुने गरी गर्नुपर्ने बताए।

यस्तै, आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको पनि बताएका छन्।

उनले निर्वाचन आयोगलाई बारम्बार दबाब दिएपछि मात्रै महाधिवेशन समयमै गर्न सकिएको बताए। नेता थापाले समयमै महाधिवेशन गर्न नसक्नु एक ढंगले पार्टीको सामूहिक क्षयिकरणको प्रमाण भएको बताए। उनले नेपाली काँग्रेसका नेताहरु पार्टी भित्र विधानको सर्वोच्चतालाई कायम गर्ने कुरामा पटक पटक चुकेको बताए।

नेता थापाले महाधिवेशनबाट १३ लाख मतदाता थप्न सके काँग्रेस अब आउने निर्वाचनमा पहिलो एकल पार्टी भएर आउने दाबी गरे।

प्रकाशित: २९ कार्तिक २०७८ ०७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App