१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

ओली नेतृत्वको सरकारको पालामा भ्रष्टाचारले सीमा नाघ्योः पूर्वप्रधानमन्त्री नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्। आइतबार समाजवादी इन्जिनियरिङ एशोसिएशनको प्रथम राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष नेपालले देशमा भ्रष्टाचार बढेको प्रति चिन्ता व्यक्त गरेका हुन्।  

उनले अहिले देशमा सबैतिर भ्रष्टाचारले सीमा नाघेको बताए। अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भ्रष्टाचारले सीमा नाघेको बताए। उनले देशलाई आफ्नो पार्टीले नयाँ दिशामा लैजाने बताउँदै देश किन बनेन भनेर सबैले सोच्न आग्रह गरे। उनले बालुवाटारमा हेलिप्याड बनाएको भन्दै चिन्ता व्यक्त गरे। सरकारले जनताको पसिनाको कदर नगरेको र महत्व नबुझेको उनले बताए।

अध्यक्ष नेपालले राष्ट्रपति भवनमा समेत हेलिप्याड बनाउने कुरा चलिरहेको भन्दै हेलिप्याड बनाउने कुरामा आफ्नो विरोध रहेको बताए। उनले देश बनाउन सामाजिक क्षेत्रबाट महाअभियान सुरु गर्नुपर्ने बताए। उनले आफ्नो पहिलो जोड निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएको र छिटो भन्दा छिटो फास्ट ट्रयाकको काम सक्ने रहेको बताए।

प्रकाशित: १४ कार्तिक २०७८ १३:५१ आइतबार

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भ्रष्टाचार