४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दुई विज्ञप्तिले गरुडाको नगरसभाबारे अन्योल

क्याप्शन

रौतहटको गरुडा नगरपालिकाको बजेट अधिवेशन अझै हुन सकेको छैन। गत असारको पूर्वाद्र्धमै हुनुपर्ने नगरपरिषद् हुन नसक्दा शिक्षक कर्मचारीको तलबदेखि विकास निर्माणका कार्यहरू पनि अन्यौलमा रहेको समयमा असोज १७ मा तोकिएको नगर परिषद्सभा दुई फरकफरक विज्ञप्तिले हुने कि नहुनेमा झन् अन्योल थपिएको छ।

नगरप्रमुख इन्नु राय यादव र उपप्रमुख रंगीलादेवी जयसवालबीच मत भिन्नता रहेको कारण नगरसभा समयमा हुन नसकेको हो। यसैबीच असोज १७ मा नगरसभा हुने सूचना प्रवाहित भइसकेको अवस्थामा शुक्रबारको मितिमा एकैदिन दुईथरिको विज्ञप्ति आएपछि अन्योल बढेको हो।

नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमको हस्ताक्षरमा निकालिएको विज्ञप्तिमा नगरसभा सञ्चालनका लागि हुनुपर्ने विभिन्न बैठकलगायतका निर्णहरू हुन नसकेको र अन्य आवश्यक तयारीहरू पनि बाँकी रहेकोले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागि नगरसभा स्थगित गरिएको भनिएको छ।

नगर प्रमुख इन्नु राय यादवको हस्ताक्षरमा प्रकाशित सूचनामा निमित्त प्रमुख प्रशासकीय अधिकृत आलमले निकालेको सूचना अवैधानिक रहेको बताइएको छ। बिना निर्णय, आदेश र बिना चलानीको सूचना रहेकोले अवैधानिक रहेको बताउँदै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को (२) बमोजिम नगरसभासम्बन्धी सम्पूर्ण अधिकार नगरप्रमुखमा निहित रहेको हुँदा पूर्वसूचनाअनुसार नै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को ४ बमोजिम हुने जनाइएको छ।

प्रकाशित: १७ आश्विन २०७८ ०१:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App