१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सभामुखले प्रतिनिधिसभालाई बिरामी बनाए: कोमल वली

राष्ट्रियसभा सदस्य कोमल वलीले प्रतिनिधि सभाको कमजोरीका कारण धेरै नकारात्मक प्रतिक्रिया उत्पन्न हुने बताएकी छन्। उनले सभामुखले प्रतिनिधिसभालाई बिरामी बनाएको आरोप समेत लगाईन्। उनले प्रतिनिधिसभाबाट सभामुखले राजीनामा दिनुपर्ने बताईन्।

बिहीवार राष्ट्रिय सभामा बोल्दै सांसद वलीले त्यो परिणामलाई रोक्नको लागि सभामुख इमान्दार हुनुपर्ने बताईन्। उनले सभामुखले सभामुखको कुर्सीको महत्व राख्न नसक्दा र नियम पालना गर्न नसक्दा राष्ट्रिय सभामा त्यसको असर परेको र विभाजन भएको बताईन्।

सांसद वलीले राष्ट्रियसभा र प्रतिनिधिसभा एकअर्काका परिपूरक भएको भन्दै राष्ट्रियसभाको कारबाही अघि बढ्न नसक्ने बताईन्।

प्रकाशित: ७ आश्विन २०७८ ०९:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App