२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अर्घाखाँचीका ६१ वडामा कांग्रेस वडा अधिवेशनको रौनक

नेपाली कांग्रेस पार्टी कार्यालयमा वडा अधिवेशनको सामाग्री तयार पारिंदै। तस्बिर: नागरिक

नेपाली कांग्रेसको वडा अधिवेशन यही भाद्र १८ गतेका लागी तोकिएको छ। अर्घाखाँचीका ६१ वटै वडामा यही शुक्रवार वडा अधिवेशन हुने भएपछी चहलपहल तीव्र देखिएको छ। चोक–चोक पाटी–पौवा, चौतारो, चियापसल सर्वत्र अधिवेशनकै चर्चापरिचर्चा सुनिन्छ। नयाँ नेतृत्व आउने भएपछी आफ्नै पार्टी र अन्य पार्टीलाई समेत चाँसोको विषय बनेको छ।  

अधिवेशनको मिति नजिकिदै गर्दा वडामा नेतृत्वका लागी रस्साकस्सी बढेको छ। वडा सभापति लगायत विभिन्न पदका प्रत्यासीहरु उम्मेदवार घोषणा गर्दै आफ्नो पक्षमा माहोल मिलाउन दौडधुपमा छन्। विभिन्न पेशा, व्यावसाय, रोजगारको शिलशिलामा काठमांडौ, बुटवल, दाङ लगायत जिल्ला बाहिर रहेका कांग्रेसजन र शुभचिन्तक जिल्ला फर्कन थालेका छन्।  

कांग्रेसका क्रियाशिल सदस्यमा रौनकता देखिन्छ। उनिहरु सहमतीबाट नेतृत्व छान्ने, नभए निर्वाचनमा होमिने तयारीमा देखिन्छन्। सन्धिखर्क नगरपालिकाका १२, शितगंगा नगरपालिकाका १४, भुमिकास्थान नगरपालिकाका १०, पाणिनी गाउँपालिकाका ८, मालारानी गाउँपालिकाका ९ र छत्रदेव गाउँपालिकाका ८ वटा वडा गरी जिल्लाका ६१ वडामा आउँदो १८ गते निर्वाचन तोकिएको हो।

सोही दिन वडाले नयाँ नेतृत्व पाउनुका साथै क्षेत्रिय प्रतिनिधी समेतको टुङ्गो लगाउने छ। जिल्लाभरबाट एक हजार ३ सय भन्दा धेरै क्षेत्रिय प्रतिनिधी निर्वाचित हुनेछन्। सन्धिखर्कबाट दुईसय ८२, शितगंगाबाट दुई सय ४४, भुमिकास्थानबाट  एकसय ८०, मालारानीबाट एकसय ७४, पाणिनीबाट दुईसय १८ र छत्रदेवबाट दुईसय ४८ जना क्षेत्रिय प्रतिनिधी निर्वाचित हुनेछन्।  

वडा अधिवेशनको लागि निर्वाचन अधिकृत र मतदान अधिकृत तोकिएको छ। छनौट भएका निर्वाचन अधिकृत र मतदान अधिकृतहरुलाई प्रशिक्षण कार्यक्रम समेत सम्पन्न गरिएको छ।  वडा अधिवेशन सम्पन्न गर्नको लागि बिपी स्मृती भवन सन्धिखर्कमा बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले छ स्थानीय तहका ६१ वडामा निर्वाचन गर्न मतदान अधिकृत तोकिएको सभापती बिष्णुप्रसाद खनाल ‘मुस्कान’ले जानकारी दिए। शुक्रवार हुने वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भईसकेको उनले जानकारी दिए। जिल्लामा १२ हजार भन्दा बढी क्रियाशील सदस्य छन्। ४० प्रतिशत महिला सहित १२ हजार दुईसय ६९ जना क्रियाशील सदस्यहरुले वडा अधिवेशनमा भाग लिंदै छन्।

प्रकाशित: १७ भाद्र २०७८ ०७:१८ बिहीबार

अर्घाखाँचीका ६१ वडामा कांग्रेस वडा अधिवेशनको रौनक