१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

वरिष्ठ नेता खनाललाई भेट्न प्रचण्ड पुगे डल्लु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल भेटेका छन्। 

स्वास्थ्य स्थितिबारे जानकारी लिन उनि बुधबार बिहान डल्लुस्थित खनाल निवासमा पुगेका हुन्।

सोमबार भारतको नयाँदिल्लीबाट काठमाडौं फर्किएका खनालको स्वास्थ्य अवस्था बुझ्न र समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न प्रचण्ड त्यहाँ पुगेको उनको सचिवालयले जानकारी दिएको छ।

प्रकाशित: १६ भाद्र २०७८ ०५:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App