३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

अष्टलक्ष्मी मेरै चाहनामा मुख्यमन्त्री बन्नु भएको हो तर उहाँ पनि अप्ठेरोमा हुनुहुन्छः माधव नेपाल

माधवकुमार नेपालले बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफ्नै सल्लाहमा मुख्यमन्त्री बनेको भएपनि अप्ठेरोमा रहेको बताएका छन्। प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष समेत रहेका नेपालले चन्द्रागिरि रिसोर्टमा मंगलबार बसेको केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलनमा शाक्य आफ्नै सल्लाहमा मुख्यमन्त्री बनेको बताएका हुन्।

‘उहाँ (अष्टलक्ष्मी शाक्य) मेरै चाहना र सुझावअनुसार मुख्यमन्त्रीमा जानुभएको हो। तर उहाँ पनि अप्ठेरोमा हुनुहुन्छ’, नेता नेपालले भने, ‘पार्टी दर्ता भएको २१ दिनभित्र उहाहरूलाई पार्टी रोज्ने अधिकार हुन्छ। त्यो समय भित्र कता रोज्नुहुन्छ। उहाँमाथि भर पर्ने कुरा हो। तर अहिले मेरो अनुमतिबाट नै जानुभएको हो।’

नेता नेपालले आफूहरूलाई पार्टीबाट निष्कासन गरिएपछि बाध्य भएर नयाँ पार्टी गठन गर्नुपरेको बताए। उनले आफूहरूसँग केन्द्रीय समिति र संसद दुबैमा २० प्रतिशतभन्दा बढी सदस्य रहेको दाबी समेत गरे।

प्रकाशित: ८ भाद्र २०७८ ०८:१६ मंगलबार

माधवकुमार नेपाल बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेकपा (एकीकृत समाजवादी)