१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

परमादेश र फैसलाले लोकतन्त्र, संविधान र संसदको गरीमाको संरक्षण : बृहद् नागरिक अभियान

लोकतन्त्र र संविधानको रक्षाको लागि निरन्तर निगरानी र खबरदारी गर्दै आएको बृहद नागरिक अभियान नेपालले सर्वोच्च अदालतले जारी गरेका परमादेश र फैसलाले मुलुकको लोकतन्त्र, संविधान र संसदको गरीमालाई संरक्षण गरेको जनाएको छ।

प्रेस विज्ञप्ति निकालेर अभियानले अलोकतान्त्रिक गतिविधि एवं स्वेच्छाचारिता रोक्ने सर्वोच्च अदालतको यो फैसलालाई स्वागत गरेको जनाउँदै संविधानको जगेर्नाका पक्षमा ऐतिहासिक फैसलामा संलग्न संवैधानिक इजलासप्रति कृतज्ञता समेत ज्ञापन गरेको छ। 

‘हामीलाई बिश्वास छ की, सर्वोच्च अदालतको परमादेश बमोजिम देशमा नयाँ सरकार गठन हुनेछ, मुलुकको संसद चलायमान हुनेछ र सिंगो मुलुक वैधानिक प्रक्रियाबाट अघि बढ्नेछ। नयाँ सरकारले संविधानको मर्म, भावना, व्यवस्था र नेपाली जनताको चाहना बमोजिम संविधान र कानूनी शासनको रक्षा गर्ने, विगत सरकारले गरेका गल्तिहरु सच्याउने र दण्डहिनता अन्त गर्ने अपेक्षा गरेका छौं।’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २९ असार २०७८ १२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App