११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेता उज्वल थापाको अवस्था जटिल

कोरोना भाइरस संक्रमण भएका विवेकशील पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।

विगत विगत तीन दिनदेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको अवस्था जटिल बन्दै गएको अस्पतालले जनाएको छ। अस्पतालमा इसीएमओ प्रविधिबाट उपचाररत नेता थापाको अवस्था जटिल बन्दै गएको पार्टीकी नेतृ रञ्जु दर्शनाले जनाएकी छन्।

उनका अनुसार बिरामी थापाको उपचारको क्रममा उपलब्ध सबै विधिहरुको प्रयोग गरेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराएका छन्।

प्रकाशित: १६ जेष्ठ २०७८ ११:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App