राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नलिई र राजीनामा पनि नदिई अर्को सरकारका लागि आह्वान गरिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध शुक्रबार रिट दायर भएको हो।
सर्वोच्चमा अधिवक्ताहरु सन्तोष भण्डारी, सुजन नेपाल, नवराज पाण्डे र प्रकृति खड्कालगायतले रिट दायर गरे पनि उक्त रिट सर्वोच्चमा दर्ता गर्न भने बाँकी रहेको स्रोतको भनाइ छ।
प्रकाशित: ७ जेष्ठ २०७८ ०६:३९ शुक्रबार