२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुने सिलसिला सुरु भयो : प्रधानमन्त्री ओली

फाइल तस्बिर।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुन थालेको बताएका छन्। मंगलबार बालुवाटारमा आयोजना गरिएको चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद् बैठक विघटनको औचित्य पुष्टि हुने सिलसिला सुरु भएको बताए।

‘प्रतिनिधिसभा पुनःस्थापना गर्ने अवस्था सिर्जना भयो। र फेरि अदालतले पुनःस्थापना गरिदिएपछि अब प्रतिनिधिसभा विघटनको औचित्य सिलसिला सुरु भएको छ। यस चरणतिर जाँदैछौं,’ ओलीले भने, ‘किन विघटन गरियो, त्यसको औचित्य के थियो भन्ने पुष्टि हुन्छ अब। किनभने मुद्दा लडेर ल्याएको संसद्लाई पहिलो दिन आफैं चल्न दिएनन्। आफैंले बैठकविरुद्ध नारा लगाए। ’

सभामुख अग्नि सापकोटाले संविधान कार्यान्वयनको कर्तव्य पूरा हुन नदिएको ओलीलको आरोप छ।  

ओली पक्षले आयोजना गरेको चियापानमा माधवकुमार नेपाल–झलनाथ खनाल पक्ष भने उपस्थित छैन। नेपाल पक्षले आजै चैत ४ र ५ गतेका लागि बोलाइएको राष्ट्रिय भेलाका सन्दर्भमा जानकारी दिन ललितपुरमा पत्रकार सम्मेलन आयोजना गरेको छ।

प्रकाशित: ३ चैत्र २०७७ ०७:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App