१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओली सरकार टिकाउने नटिकाउनेबारे मसँग कसैले कुरा गरेको छैन : माधव नेपाल

फाइल तस्बिरः नागरिक

नेकपा (एमाले) वरिष्ठ नेता माधव कुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकार टिकाउने नटिकाउने भन्ने विषयमा आफूसँग कसैले छलफल नरहेको बताएका छन्। बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा नेता नेपालले नयाँ सरकार समीकरणका विषयमा आफूलाई कसैले प्रस्ताव नगरेको बताएका हुन्।

‘सरकार टिकाउने नटिकाउने भनेर अहिले मसँग कसैले कुरा गरेको छैन,’ उनले भने, ‘त्यस्तो कुरा आएपछि कुरा गरौंला।’

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि साविकको नेकपा दुई खेमा (ओली समूह र प्रचण्ड–नेपाल समूह) मा विभाजित भएको थियो। तर, फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकताबाट बनेको नेकपालाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय खारेज गदिदिएपछि यी दुवै पार्टीहरु अलग भएका छन्।

प्रकाशित: २६ फाल्गुन २०७७ ०९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App