५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

ओली समूहका नेता खगराज अधिकारीको दाबी : हामीले जित्ने यात्रा सुरु गरिसेका छौं

फाइल तस्बिर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता खगराज अधिकारीले संसद् विघटनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको निर्णयले राजनीतिक निरुपण नगर्ने बताएका छन्। सोमबार पोखरामा आयोजित प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय गण्डकी प्रदेश स्तरीय भेलामा नेता अधिकारीले सर्वोच्चको फैसलालले राजनीतिक निरुपण गरेर मार्गप्रशस्त गर्ने काम गर्छ भन्ने आफूहरुलाई नलागेको बताएका हुन्।

‘सर्वोच्च अदालतको फैसलाले सम्मान होइन। हामीले हारेको होइन, नजितेको मात्र हो। हामीले जित्ने यात्रा सुरु गरिसेका छौं। सर्वोच्च अदालतका सबै फैसलाले राजनीतिक निरुपण गरेर मार्गप्रशस्त गर्ने काम गर्छ भन्ने कुरा हामीलाई साँच्चै भन्नुहुन्छ भन्ने लागेको छैन,’ नेता अधिकारीले भने,‘हामीले ०५२ साल भदौ १२ को फैसला पनि देखेका छौं, अहिलको फैसला पनि देखेका छौं। यो कानुनी फैसला हो, जनताले गर्ने जनअदालतको फैसला सर्वोत्तम फैसला हुनेछ। त्यो फैसलाको प्रतिक्षनमा हामी छौं।  

पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्षले नयाँ सरकार बनाउने प्रयास गरेपनि उनीहरुले नसक्ने नेता अधिकारीको दाबी छ। ‘लड्डुलालहरुले नयाँ सरकार बनाउनको लागि लड्डु त साँटासाट गरे, तर उनीहरुसँग न यो सरकार ढाल्न तागत छ, बनाउने नै तागत छ,’ उनले भने, ‘भत्काउनेहरु भत्काइ रहुन्, हामी बनाइरहन्छौं।’

प्रकाशित: १७ फाल्गुन २०७७ ०७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App