२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रचण्डलाई टोपबहादर रायमाझीको प्रश्न : लडाकुहरुको नाममा लिएको १९ अर्ब रुपैयाँ कहाँ गयो ?

फाइल तस्वीर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता टोपबहादुर रायमाझीले तत्कालीन जनयुद्धका लडाकुहरुको १९ अर्ब रुपैयाँको हिसाब नदेखाइएको बताएका छन्। पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै नेता रायमाझीले तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग धेरै हिसाब माग्न बाँकी रहेको बताए।

‘हामीले १९ हजार सेनाहरु राखेर ३४ हजार भत्ता बुझ्यौं। बाबुराम भट्टराईले त्यसको हिसाब राख्नुभएको छ। हामीले त हिसाब राखेका छैनौं,’ उनले भने,‘बाबुराम भट्टराईको भनाईअनुसार त्यो रकम १९ अर्ब छ भन्नुभएको छ। २–४ करोड तलमाथि हुनसक्छ, हिसाब गरौंला। तर, त्यो १९ अर्ब रुपैयाँ कहाँ गयो?’

उर्जामन्त्री समेत रहेको रायमाझीले वाइसिएलका लागि भनेर निकालिएको थप रकम रकमको समेत हिसाब नदेखाइएको बताए।

फरक प्रसंगमा नेता रायमाझीले ३३ वर्ष पार्टीको नेतृत्व र दुई पटक प्रधानमन्त्री भएर पनि प्रचण्डले जनयुद्ध लड्ने योद्धाहरूको कुनै माग सम्बोधन नगरेको आरोप लगाए। उनले जनयुद्धमा लडेका लडाकुहरुको सम्मान पनि केपी ओलीले गर्ने अवस्था आएको बताए।

आफूहरुकै आग्रहमा ओली नेतृत्वको सरकारले जनयुद्धका लडाकुहरुको लागि सम्मान र राहत प्याकेज ल्याएको नेता रायमाझीको भनाई छ।

तस्वीरः नागरिक

प्रकाशित: १ फाल्गुन २०७७ ०८:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App