१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीश जबराले भने : आवश्यक परे संविधानसभाको रेकर्ड मगाउँला

संसद विघटनविरुद्धको मुद्दा

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाईको क्रममा रिट निवेदकहरुले संविधान निर्माणको समयमा संविधानसभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका छन्।

संवैधानिक इजलासमा आइतबारको बहसका क्रममा अधिवक्ता दिनेश त्रिपाठीले संविधानसभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका थिए।

त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उक्त विषय नोट भएको र आवश्यक परे इजलासले रेकर्ड मगाउने बताएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्धमा १३ वटा रिट परेका छन्।

 

 

प्रकाशित: ४ माघ २०७७ ०७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App