२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

अविश्वासको प्रस्ताव दर्ता समयबारे बोल्यो संसद सचिवालय

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षका सांसदहरुले दर्ता गराएको अविश्वासको प्रस्ताव गत आइतबार अपराह्न साढे ३ बजे मात्र दर्ता भएको संसद सचिवालयले जनाएको छ। संघीय संसद सचिवालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा फरक–फरक समयमा अविश्वासको प्रस्ताव दर्ता भएको भन्ने समाचार आएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उक्त प्रस्ताव पुस ५ गते साढे ३ बजे दर्ता भएको स्पष्ट पारेको हो।

संसद विघटन अघिनै अविश्वासको प्रस्ताव दर्ता भएको भन्ने समाचार आइरहेको बेला संसद सचिवालयले यसबारे प्रष्ट्याएको हो।

 

 

 

प्रकाशित: ८ पुस २०७७ ०७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App