४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओलीविरुद्ध संसद् भवनमा प्रचण्ड-नेपाल पक्षका सांसदकाे भेला

नयाँ बानेश्वरस्थित संसद् भवनमा सोमबार आयोजित नेकपाका सांसदको भेलामा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत। अर्काे तस्बिर तल छ।

प्रतिनिधिसभा विघटन गराइएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सत्तारूढ दल नेकपाका बहुमत सांसद अहिले नयाँ बानेश्वरस्थित संसद् भवनमा भेला भएका छन्।  

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध रणनीति बनाउन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदको बैठक सुरु भएको हो।  

स्रोतका अनुसार संसद् भवनको एक हलमा दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) सांसद भेला भएका हुन्।  

यसअघि हिजो बसेको नेकपाको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको पछिल्लो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको थियो।  

यसअघि आजै बिहान बालुवाटारमा भने प्रधानमन्त्री केपी ओलीनिकटका सांसदको बैठक भएको थियो। त्य सक्रममा ओलीले सरकारलाई पार्टीभित्रैबाट असहयोग भएकाले संसद् विघटन गर्नुपरेको बताएका थिए।  

संसद् विघटनपछि आआफ्ना तयारीमा लागेका हुन्। 

प्रकाशित: ६ पुस २०७७ ०९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App