२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

साझा र विवेकशीलको एकता आज, यस्तो छ सहमति

विवेकशील नेपाली दल र साझा पार्टीबीचको एकता घोषणा आज हुँदै छ। साझा पार्टीका शरदराज पाठकका अनुसार आज ३ : ३० बजे भर्चुअल माध्यमबाट एकताको घोषणा हुने छ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर एकता घोषणा गर्न लागिएको हो। दुई पार्टीबीच एकताका लागि लामो समयदेखि प्रयास भइरहेको थियो। विवेकशीलले एकताका लागि अनलाइनमार्फत मत संग्रहसमेत गरेको थियो।  

दुई पार्टीबीच यस अघि पनि एकीकरण भएको थियो। तर वैचारिक बुझाईमा भिन्नता आएको भन्दै विभाजनमा पुगेका थिए। यस पटकको एकताको जग बलियो रहेको साझा पार्टीका गण्डकी प्रदेश संयोजक महेश भण्डारीले बताए।

गएको उपनिर्वाचनमा आएको मतपरिणाम पछि दुवै पार्टीले एकताका लागि विभिन्न चरणमा छलफल अघि बढाएका थिए। एकताका लागि संवाद गर्न दुवै पार्टीले समिति नै गठन गरेका थिए। 'उपनिर्वाचनमा आसातित मत आउन सकेत। यसको कारण खोज्दा आम समुदायले पार्टी विभाजनलाई मन पराएको देखिएन', साझा पार्टीका एक नेताले भने, 'त्यही कारणले दुई पार्टीलाई पुन: एक ठाउँमा ल्ययो।'  

एकतामा पदीय बाँडफाँट बराबरीका आधारमा गरिएको छ। नयाँ बनेको "विवेकशील साझा पार्टी" को अध्यक्षमा रविन्द्र मिश्र रहनेछन् भने संयोजकमा मिलन पाण्डे रहने सहमति भएको छ।  

'उपनिर्वाचनमा आसातित मत आउन सकेत। यसको कारण खोज्दा आम समुदायले पार्टी विभाजनलाई मन पराएको देखिएन', साझा पार्टीका एक नेताले भने, 'त्यही कारणले दुई पार्टीलाई पुन: एक ठाउँमा ल्ययो।' 

यस्तै दुवै पार्टीका सचिवालयमा १३/१३ जना सदस्य गरी २६ जना रहने छन्। केन्द्रीय समितिमा पनि ६५/ ६५ जनाको प्रतिनिधित्व रहने छ।  

दुई महिनाभित्र दुवै पार्टीका अन्य आंगीक संगठनको एकता टुंग्याउने सहमति पनि भएको छ। एकता माहाधिवेशन ६ महिनाभित्र गर्ने गरी तयारी गरिएको छ।

एकता अघि साझा पार्टीका रविन्द्र मिश्रले विगतका कमजोरीप्रति क्षमायाचना मागेका छन्। उनले भनेका छन्, 'तपाईंको साथ र सहयोगले 'विवेकशील साझा पार्टी'लाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउँछौँ भन्नेमा हामी विश्वस्त छौँ।'

उनले अब बन्ने पार्टी केवल 'अस्तित्व'मा रहन होइन, 'नेतृत्व'मा पुगेर यो देशमा सुशासन, संवृद्धि र स्वाभिमान स्थापित गर्न जन्मिएको पार्टी हुने बताएका छन्। उनले एकताका लागि प्रेरित र सहयोग गर्ने सबैप्रति आभारी व्यक्त गरेका छन्।

एकता अघि विवेकशीलले आफ्नो सचिवालय र संघीय समितको विस्तारसमेत गरेको थियो। दुई पार्टीको एकता अघि विवेकशीलका अध्यक्ष मिलन पाण्डेले जुन कुरा सिक्न १० वर्ष लाग्थ्यो त्यो कुरा विभाजनपछिका दुई वर्षमा नै सिकेको बताएका छन्। 'नागरिकहरूले खोजेको एउटा उन्नत अग्रगामी लोकतान्त्रिक पार्टी बनाउने प्रतिबद्धता हो यो एकीकरण', उनले भनेका छन्, 'युवा, महिला, किसान, मजदुर, सीमान्तकृत समुदायको पार्टी बनाउने महाअभियान हो यो एकीकरण। यो एकीकरण वर्तमान राजनीतिको दुष्चक्रबाट नेपाली समाजलाई निकाल्ने सङ्कल्प हो।'

विवेकशीलकी उपाध्यक्ष अजिता राईसहित १३ जना केन्द्रीय सदस्य भने एकता प्रक्रियामा सहभागि नहुने भएका छन्। उनीहरुले विगतको विभाजनको औचित्य र वैचारिक मतभिन्नतामा प्रश्न उठाएका छन्।

 

 

 

प्रकाशित: २४ मंसिर २०७७ ०६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App