२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ज्यू ! भनिदिनुस्- अब संक्रमित गन्नेबाहेक अरू केही गरिँदैन : गगन थापा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पछिल्लो निर्णयविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कटाक्ष गरेका छन्।  

सोमबार सामाजिक सञ्जालमा लेख्दै सांसदसमेत रहेका थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब सरकारले संक्रमितको संख्या गन्नेबाहेक कोरोना नियन्त्रणका लागि थप केही काम नगर्ने बताइदिन सुझाव दिएका हुन्।  

‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय ‘कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नू,’ पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले फेसबुकमा लेखेका छन्, ‘यसरी हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू, बरु सीधै भनिदिनुस् ‘सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकाले अब उपरान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ।’  

प्रकाशित: ३ कार्तिक २०७७ ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App