प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भ्रष्टाचारका सबै फाइल खोल्न र छानबिन गरी दाेषीलाई कार्बाही गर्न माग गरेका छन्।
बिहीबार ट्विट गर्दै प्रवक्ता शर्माले वाइडबडी विमान खरिद, ओम्नी समूह, बालुवाटार जग्गा काण्ड, प्रिन्टिङ प्रेस, गोकर्ण रिसोर्ट र लडाकुकको राशनसमेतमा भएको अनिययमितताको गहिराे अनुसन्धान गरी कार्बाही प्रक्रिया अघि बढाउन माग गरेका हुन्।
‘भ्रष्चारका फाइल खोल्न र कार्बाही गर्न सिंगो देशको माग छ। वाइडबडी, ओम्नी, बालुवाटार, प्रिन्टिङ प्रेस, गोकर्ण रिसोर्ट अनि लडाकुको राशनसमेत,’ शर्माले ट्विटरमा लेखेका छन्, ‘गहिरो छानबिन र कडा कार्बाही अघि बढाउन सार्वजनिक दबाब बढाऔं।’
प्रकाशित: २९ आश्विन २०७७ १०:३० बिहीबार