१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्राकृतिक प्रकोपमा ज्यान गुमाउनेका परिवारलाई सरकारले दुई लाख दिने

सरकारले बाढी, पहिरो तथा डुबानजस्ता विपदमा मृत्यु हुनेको परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।  

परिवारमा एकजना सदस्यको विपदमा परि मृत्यु भएमा २ लाख र अन्य व्यक्तिको मृत्यु भएमा त्यसमा थप एक लाख रुपैयाँ राहत दिइने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए। राहत वितरण गर्दा कतै दोहोरीने र कसैले नपाउने गुनासो आउने गरेका कारण त्यसको अन्त्य गर्न सरकारले एकद्वार प्रणालीबाट राहत उपलब्ध गराउने नीति सरकारले लिएको उनले बताए। 

उनले भने 'संघ, प्रदेश र स्थानीय तह गरी तीन तहबाटै राहात जाँदा कहीँ दोहोरो तेहेरो पर्ने र कसैले पाउँदै नपाउने स्थिति नहोस् भनेर एकद्वार भनिएको हो। राहतमा हामीले पट्के निर्णय गर्दा मन्त्रिपरिषद्‌मा आइराख्ने र ढिलो हुने र राहत पाउन पनि महिनौं लाग्ने र सरकार पनि आलोचित हुने। त्यो नहोस् भनेर अहिलेचाहिँ मापदण्ड तयार गरिएको।’ उहाँले मानविय क्षति बाहेक घर, आवास, बाली, अन्य अन्य भौतिक नोक्सानी भएका परिवारलाई पनि उचित राहतको व्यवस्था गरिएको बताए।  

 

प्रकाशित: १५ श्रावण २०७७ १२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App