२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने

श्रीमती हत्याका दोषी सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला पुनरावलोकन हुने भएको छ।  

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र तेजबहादुर केसीको इजलासले १५ असारमा कोइरालाको सजायँ घटाउने फैसला गरेको थियो। सर्वस्वसहित जन्मकैदमा रहेका कोइरालाको उक्त आदेशपछि ११ वर्ष सजायँ घटेको थियो। कोइराला साउन ८ मा रिहा भएका छन्।

उक्त आदेशविरुद्ध सरकारले पुनरावलोकनका लागि निवेदन दिएको थियो। न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका अनुमति दिने आदेश दिएको थियो।  

प्रधानन्यायाधीश राणा सहितको इजलासले गरेको फैसला त्रुटिपूर्ण थियो वा थिएन भन्ने सुनुवाइमा जाँच हुनेछ।  

 

 

 

प्रकाशित: ११ श्रावण २०७७ ०८:१० आइतबार

सर्वोच्च अदालत रञ्जन कोइराला