१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

रुकुम घटनाको छानबिनका लागि संसदिय समिति गठन गर्न माग

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले रुकुम घटनाको छानबिनका लागि संसदिय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी दिएको छ ।

रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा संयुक्त राष्ट्रसंघले समेत निष्पक्ष छानबिनको माग गरिरहेको उल्लेख गर्दै कांग्रेसले संसदिय समितिबाट छानबिन गर्न माग गरेको हो । प्रतिनिधिसभामा सांसद मानबहादुर विश्वकर्माले घटनाको निष्पक्ष छानविनका लागि दलित सांसदको नेतृत्वमा संसदिय समिति तत्काल गठन गर्न माग गरेका । उनले भने, घटनाको निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदिय समिति तत्काल गठन होस् । यहि माग हामी राख्छौं । यदि तत्काल गठन भएन भने यो भन्दा कडा कदम हामीलाई चाल्न बाध्य नपारीयोस ।’

प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसलगत्तै सांसद विश्वकर्माले आफ्नो धारणा राखेका थिए । गम्भिर घटना भएपनि गृहमन्त्रीले साधारण कर्मचारीको अध्यक्षतामा बनाएको छानबिन समितिले न्याय दिन नसक्ने उनले बताए । यति ठूलो घटना घटिसकेपछि अहिले गृहमन्त्रीले साधारण कर्मचारीको अध्यक्षतामा छानविन समिति गठन गरेका छन् । त्यो छानबिन समितिले न्याय दिन सक्दैन् । र हामीलाई समितिको मान्यता पनि छैन् ।

यस हत्याकाण्डलाई फितलो बनाउनका लागि जाजरकोटमा आर्थिक चलखेल भइराखेको रिपोर्ट पनि पाएका छौं सत्तापक्षबाट’, उनले भने, ‘गृह मन्त्रीले तिनिहरुले हामफाले भन्नुभएको छ । पोस्टमार्टमा गर्दा ति मृतकका पेटबाट पानी आएको छैन् । मान्छे हामफालेपछि सबैभन्दा पहिले पानी पिउँछ तर तिनको पोस्टमार्टमा गर्दा पानी नअमाउनुको कारण तिनिहरुलाई मारेर फालिएको थियो । त्यस्तै कसैलाई डोरी बाधेर खोलामा फालिएको थियो ।’

पश्चिम रुकुमको चौरजहारीमा रहेको आफ्नी प्रेमिकाको घर पुगेका जाजरकोटका नवराव विकको मृत्यु भएको थियो । उनीसँगै अन्य पाँच जना साथीको पनि मृत्यु भएको थियो । गाउँलेहरुको आक्रमणबाट उनीहरुको मृत्यु भएको अझै पनि एकजना बेपत्ता रहेको भन्दै सो घटनाको छानबिन गर्न काग्रेसले माग गरेको हो ।

प्रकाशित: १९ जेष्ठ २०७७ ०७:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App