४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाली भूमि अतिक्रण हुनुमा सबै सरकार जिम्मेवार: परिवार दल

काठमाडौं-नेपाल परिवार दलले नेपालको सुदूरपश्चिममा भारतीय पक्षबाट गरिएको सीमा अतिक्रण विरुद्ध प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ। मंगलबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विगत लामो समयदेखि भारतीय पक्षबाट नेपालको सीमा अतिक्रमण हुँदै आएपनि नेपाल पक्षबाट त्यसको दीर्घकालीन समाधान निकाल्न नसक्दा विभिन्न बहानामा अतिक्रणको क्रम बढ्दै गएको छ भन्दै कूटनीतिक वार्ता तथा उच्च स्तरीय राजनैतिक संवादद्वारा सम्पूर्ण सीमा विवादबारे प्रभावकारी पहल गर्न नेपाल सरकारलार्इ आग्रह गरेको छ। 

अतिक्रण भयको नेपाली भुमि तुरुन्त फिर्ता गर्न संसद भित्र र बाहिर रहेका सबै राजनैतिक दलको संयुक्त बिज्ञप्ति जारि गर्न पनि परिवार दलले आह्वान गरेको छ। दलले  सन् १८१६ को सुगौली सन्धीले नेपालको पश्चिमी सिमाना महाकाली नदी किटान गरेको ऐतिहासिक तथ्य नै विद्यमान प्रकरण समाधानको मूल आधार रहेको जिकिर गर्दै महाकाली नदीपूर्वको भू–भाग कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र लिपुलेक एवं लिम्पियाधुरासम्मको नेपाली भूमिमा नेपालको अविच्छिन्न अधिकार निर्वाध रहनुपर्ने स्पष्ट धारणा रहेको बताएको छ। 

अध्यक्ष एकनाथ ढकालले सीमा अतिक्रणमा वर्तमान सरकारलाई मात्र दोष दिन नमिल्ने भन्दै बिगतका सरकारहरु झन् बढी जिम्मेवार रहेको बताए। कालापानी र लिपुलेक प्रकरण नेपालको स्वभिमान माथि नाङ्गो हस्तक्षेप हो भन्दै पूर्व मन्त्रि समेत रहेका ढकालले अब मुलुकको अस्मिता जोगाउन सरकार, प्रतिपक्ष, सबै देशभक्त राजनीतिक दल तथा नागरिकहरू एकजुट भई मातृभूमिको रक्षा गर्न आह्वान गरेका छन्।बैठकले सुगौली सन्धिबाट कायम भएको नेपाली भुमि कब्जा गरी भारतले बाटो निर्माण गर्नु,  स्वतन्त्र सार्वभौम मुलुकमाथिको अतिक्रमण र हेपाहा प्रवृत्ति हो भन्दै यसको घोर आपत्ती प्रकट गरेको छ। साथै बैठकले नेपालको परराष्ट्र मन्त्रालयले सार्बजनिक गरेको धारणाको स्वागत गर्दै  भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग निर्माण गरेको सम्बन्धमा दुवै छिमेकि मित्रराष्ट्रहरू भारत र चीन संग तुरुन्त कुटनीतिक बार्ता गरी समाधान खोज्न सरकारलाई सुझाब दिएको छ।

प्रकाशित: ३० वैशाख २०७७ १२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App