१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

घरमै बस्नुहोस्

काठमाडौं – नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल तरुण दलले कोरोना भाइरसको संक्रमणबाट जोगिन घर बाहिर ननिस्कन सबैलाई आह्वान गरेको छ। प्रकाशीत गरी सबैलाई जिम्मेवारपूर्ण ढंगले प्रस्तुत हुन आग्रह गर्दै तरुण दलले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अति आवश्यक कार्यबाहेक अन्य कार्यमा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरमै बसी केही समयलाई समाजिक दूरी कायम गरिदिनुहोस्।’

समाजिक सञ्जाल, अनलाइन समाचारलगायत अन्य समाचारका माध्यमबाट अफवाह फैलिने खालका समाचारभन्दा सचेत र सुरक्षित हुने खालका समाचार सम्प्रेषण गर्न पनि आह्वान गर्दै अफवाह फैलाई त्रसित बनाउने जोकोहीलाई पनि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

‘तारे होटल बन्द अवस्थामा रहेका हुनाले होटल सञ्चालक निकायसँग आवश्यक सल्लाह गरी ती होटल आइसोलेसनका लागि तयारी अवस्थामा राखियोस्,’ उसले भनेको छ,‘ स्वास्थ्य उपचारमा रातदिन खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनका लागि प्रोत्साहन स्वरूप थप सेवा सुविधामा प्रवन्ध गरियोस्।’

प्रकाशित: ११ चैत्र २०७६ ०२:०२ मंगलबार

तरुण_दल कोरोना_भाइरस