१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

गच्छदारनिकट ११ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका ११ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मुखमा कांग्रेससँग पार्टी एकीकरण गरे पनि दुई वर्षपछि मात्र देउवाले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्।

तत्कालीन फोरम अध्यक्ष विजयकुमार गच्छदार पार्टी उपसभापतिको जिम्मेवारीमा रहे पनि अन्य नेताहरूको जिम्मेवारी तोकिएको थिएन। अर्का उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा गठित समितिले गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकलाई ११ केन्द्रीय सदस्य दिने सहमति यसअघि नै गरेको थियो। २०७४ कात्तिक २९ गते दुई पार्टीबीच एकीकरण गरे पनि देउवाले शुक्रबार पार्टी विधानको धारा ४ (१०) (ग) अनुसार उनीहरूलाई केन्द्रीय समितिमा समायोजन गरेको जनाएका छन्।

मनोनीत हुनेमा रामजनम चौधरी (कैलाली), मो. नसिर सिद्दिकी (सिरहा), भारतेन्दुकुमार मल्लिक (झापा), हेमराज तातेड (सप्तरी), गोपाल दहित (बर्दिया), मंगलप्रसाद थारू (बर्दिया) लाई केन्द्रीय सदस्य बनाएका छन्। त्यस्तै योगेन्द्र चौधरी (दाङ), हरिप्रसाद न्यौपाने (मोरङ), सुमित्रा थरुनी (सुनसरी), कल्पना चौधरी (सुनसरी) र पवनकुमार सारडा (मोरङ) छन्।

प्रकाशित: २४ फाल्गुन २०७६ ०२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App