१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सेक्युरिटी प्रेस खरिद प्रक्रिया तत्काललाई रोक्न लेखा समितिको निर्देशन

काठमाडौं- संसदको लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया तत्काललाई रोक्न निर्देशन दिएको छ। प्रेस खरिदमा अनियमितता भएको उजुरीबारे निर्णय गर्न बसेको समिति बैठकले तत्काल प्रेस खरिदको प्रक्रिया अगाडि नबढाउन सरकारलाई निर्देशन दिएको हो।

सेक्युरिटी प्रेस खरिद प्रक्रिया जटिल बन्दै गएकोले थप अध्ययन र अनुसन्धान आवश्यस रहेको समितिको बुझाइ छ।

सेक्युरिटी प्रेस खरिदमा संचारमन्त्री गोकुल बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भइसकेको छ। मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको नागरिकलाई प्राप्त अडियो संवादमा सुन्न सकिन्छ। स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा उनी र मिश्रबिच घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त अडियो रेकर्डबाट प्रस्ट हुन्छ। बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका छन्।

प्रकाशित: ८ फाल्गुन २०७६ ०७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App