काठमाडौं– बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिद नेपाल भ्रमण सकेर स्वदेश फकिएका छन्। बंगलादेशका राष्ट्रपति हमिद नेपालको चार दिने भ्रमण सकेर शुक्रबार अपरान्ह स्वदेश फर्किएका हुन्।
उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरेकी थिइन्। उनलाई विदाई गर्न गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत मन्त्रीहरु विमानस्थल पुगेका थिए।
त्यसैगरी उच्चपदस्थ अधिकारीहरु पनि विदाईमा सहभागी भएका थिए। राष्ट्रपति हमिदको विदाईको अवसरमा अन्तराष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो।
मंगलबार नेपाल भ्रमणका लागि काठमाण्डौ आएका राष्ट्रपति हमिदले बुधबार समकक्षी राष्टपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत संग उच्चस्तरीय राजनीतिक भेटघाट गरेकी थिइन्। त्यसैगरी उनले बिहिबार पर्यटकियनगरी पोखराको अवलोकन भ्रमण गर्नुभएको थियो भने मंगलबार नै भक्तपुर दरबार क्षेत्रको अवलोकन भ्रमण गरेका छन्। शुक्रबार बिहान चन्द्रागिरी हिल्स अवलोकन गर्ने कार्यक्रम राखिए पनि अन्तिम समयमा स्थगित गरिएको थियो।
प्रकाशित: २९ कार्तिक २०७६ १५:१४ शुक्रबार