१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

महराकाे थुनछेक बहस बन्द इजलासमा जारी

काठमाडाैँ – संघीय संसदको सचिवालमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज (शुक्रबार) सुरु भएको छ।

निवर्तमान सभामुख महराको बयान काठमाडौं जिल्ला अदालतको बन्द इजलासमा हुने भएको हो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जबरजस्ती करणी उद्योगमा अधिकतम ५ वर्ष र उच्च अहोदामा बसी कसुर गरेको अभियोगमा थप साढे २ वर्ष गरी ७ वर्ष ६ महिना कैद सजायको मागदाबी गर्दै महराविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ। महराको बयान बन्द इजलासमा जारी रहेको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले बताए।

बिहीबार ढिला गरी मुद्दा दर्ता भएकाले उनको थुनछेक बहस हुन पाएको थिएन। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले शुक्रबार बन्द इजलास र निरन्तर बयानको माग गरेको छ। थुनछेक बहसपछि अदालतले महरा पुर्पक्षका लागि थुनामा जान सक्ने, धरौटीमा रिहा हुन सक्ने र साधारण तारेखमा छाड्न सक्नेमध्ये एक फैसला गर्ने छ।

१३ असोजमा संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी शाहीले महरामाथि यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन्। पछि पीडित महिलाको ‘उजुरी’का आधारमा प्रहरीले महरालाई सरकारी निवास बालुवाटारबाटै पक्राउ गरेको थियो। महरालाई १९ असोजमा पक्राउ गरिएको थियो। प्रहरीले महरालाई हिरासतमा राखेर पटक पटक म्याद थपी अनुसन्धान गरेको थियो।

प्रकाशित: १५ कार्तिक २०७६ ०७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App