१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकारले गति लिन सकेनः नेता नेपाल

विराटनगर– नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले अझै गति लिन नसकेको बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूस“ग कुरा गर्दै नेपालले सरकारका कामले अझैसम्म गति लिन नसकेको बताएका हुन्। 

नेता नेपालले जताततैबाट सरकारले काम गरेन भनेर गुनासो आइरहेको पनि बताए। उनले भने, ‘सरकारको काममा गति भएन भन्ने गुनासो चौतर्फी आइरहेको छ।’ विगतका कमी कमजोरी सच्याएर सरकारले कामलाई गति दिनुको विकल्प नरहेको नेपालको धारणा छ। उनले भने, ‘सरकारले जनताको गुनासो सुन्नु पर्छ। गुनासोको सम्बोधन गर्नुपर्छ।’ 

नेता नेपालले मुलुकमा दण्डहिनता बढेको जसलाई जे गर्दा पनि हुन्छ भन्ने भावनाको विकास भइरहेको पनि बताए। ‘मान्छेमा डर हराएको छ’, नेपालले भने, ‘जसले जे गर्दा पनि हुन्छ भन्ने भावनाको विकास भइरहेको छ।’ गलत काम गर्नेलाई कानुन बमोजिम सजाय दिन सरकार पछि हट्न नहुने उनले बताए। 

कानुनी प्रक्रिया अघि बढेका घटनाहरूमा कसैलै पनि हस्तक्षप गर्न नहुने नेपालको भनाई छ। उनले भने, ‘सत्ता पक्ष होस् या प्रतिपक्ष कानुनी प्रक्रिया अघि बढेका घटनाहरूलाई हस्तक्षेप गर्नुहुँदैन।’ 

प्रकाशित: ९ कार्तिक २०७६ १२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App