१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संसद अवरोध पछि देउवाको प्रतिक्रिया : प्रधानमन्त्रीलाई सुनाउनु थियो

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवाले संसदमा सधै विपक्षीलाई प्राथमिकता दिनुपर्ने बताउका छन्।

मंगलबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय संसद भवनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै संसदमा बोल्नका लागि पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षी दललाई दिनुपर्ने बताए। उनले प्रधानमन्त्रीले बोल्ने नभई जवाफ दिने हो भन्दै अन्तराष्ट्रिय अभ्यास पनि त्यस्तै भएको दाबी गरे।

उनले भने “प्रधानमन्त्रीले बोल्ने होइन। जवाफ दिने हो। पहिले बोलिसकेपछि के बोल्ने मैले? बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज। जहाँपनि विपक्षीले पहिले बोल्ने हो। जवाफ प्रधानमन्त्रीले दिने हो। सुरुमा कहाँ बोल्छन्? ”

प्रकाशित: ३ असार २०७६ ०८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App