१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कुलमानलाई अख्तियार लगाउनुपर्ने कुरा मैले उठाएको होइनः बस्नेत

खोटाङ– नेकपा नेता एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अख्तियार लगाउनुपर्ने कुरा सदनमा नउठाएको बताएका छन्।

नेकपा खोटाङको कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा पूर्वउद्योग मन्त्री बस्नेतले महालेखा परीक्षकले औंल्याएका बेरुजुका दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने धारणा राखेको भए पनि कुलमानको नाम कहीँ पनि नजोडेको दाबी गरे। ‘मैले कुलमानजीलाई कँही कतै छोएकै छैन। कुलमानजीसँग किन जोडिरहेका छन् त्यो बुझ्न सकिरहेको छैन’, बस्नेतले भने, ‘कुलमानको नाम जोड्यो भने न्युज धेरै शेयर हुन्छ भनेर जोडिदिएको होला। त्यसको पछि नलागौं।’ 

महालेखाले औंल्याएका बेरुजुका सन्दर्भमा सदनमा बोल्दा ‘के निहुँ पाउँ र आलोचना गरुँ’ भन्ने समूहले आफ्नो धारणालाई ट्वीस्ट गरेको बस्नेतले बताए। ‘बिद्युत प्राधिकरणभित्रको पनि होला, आयल निगमतिरको पनि होला। जहाँ–जहाँ बेरुजु छन्, ती बेरुजुहरु छानबिन गर्नुपर्छ भन्ने सन्दर्भमा मैले सदनमा बोलेको हुँ’, बस्नेतले भने, ‘तर त्यसलाई महेश बस्नेतलाई के निहुँ पाउँ र आलोचनामा फसाउँ भन्ने तरिकाले ट्विस्ट गर्ने काम गरिएको छ।’ 

बस्नेतले भ्रामक कुरालाई समाचार बनाएर सनसनी फैलाउने मिडियाहरु बढिरहेका कारण मिडिया काउन्सिल बिधेयक ल्याइएको बताए। 

प्रकाशित: २६ जेष्ठ २०७६ १५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App