काठमाडाैँ - प्रतिनिधि सभाको बैठक बसिरहेको छ। नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकको कार्यसूची सार्वजनिक भइसकेको छ । कार्यसूचीअनुसार विभिन्न सांसदहरूले प्रश्न साेधिरहेका छन्।
कालीकोटबाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका ४ की २० वर्षीया लक्ष्मी शाहीलाई हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको हो।