२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेश १ सभा सचिवमा पराजुली

विराटनगर -  प्रदेश १ सभाको सचिवमा गोपाल पराजुली नियुक्त भएका छन्। सभामुख प्रदीपकुमार भण्डारीको सिफारिसमा प्रदेश प्रमुख डा. गोविन्द तुम्वाहाङले प्रदेशसभाको सचिवमा पराजुलीलाई नियुक्त गरेका हुन्।

नवनियुक्त सचिव पराजुलीलाई बिहीबार सभामुख प्रदीपकुमार भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराए। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवबाट राजीनामा दिएलगत्तै उनलाई प्रदेशसभा सचिवमा नियुक्त गरिएको हाे।

सभामुख प्रदीप भण्डारीको सिफारिमा प्रदेश प्रमुख प्राडा गोविन्द बहादुर तुम्वाहाङले उनलाई नियुक्ति गरेका थिए। प्रदेशसभा सचिवको पदावधि ५ वर्षको हुने कानुनी व्यवस्था छ। कानुनअनुसार प्रदेशसभा सचिवले  प्रदेशसभा तथा सचिवालयको वार्षिक बजेट तयार गर्ने , आर्थिक , प्रशासनिक सम्वन्धि आवश्यक काम गर्ने र सचिवालय र अन्य निकायसँग आवश्यक समन्वय गर्नेलगायत काम गर्नुपर्नेछ।

शपथ ग्रहण गराउँदै प्रदेश १ सभामुख भण्डारीले सचिव नियुक्त भएस“गै प्रदेशसभा सचिवालयले पूर्णता पाएको बताए। प्रदेश सभालाई कसरी गति दिने र व्यवस्थित गर्ने भन्ने दायित्व सचिवमा आएको उनले स्पष्ट पारे।

 

प्रकाशित: १२ वैशाख २०७६ १२:०४ बिहीबार

प्रदेश_१_सभा गोपाल_पराजुली शपथ_ग्रहण