१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

ट्रक व्यवसायी संघमा दवाडी

सर्लाही - सर्लाही ट्रक व्यवसायी संघको अध्यक्षमा रामबहादुर दवाडी चयन भएका छन्। हरिवन नगरपालिका–१० नयाँ रोडस्थित संघको कार्यालयमा आइतबार सम्पन्न पाँचौं साधारणसभा एवं तेस्रो अधिवेशनले दवाडीको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो। साधारणसभा एवं अधिवेशनको उद्घाटन प्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीले एक समारोहबीच गरेका थिए।

संघको वरिष्ठ उपाध्यक्षमा रामकुमार खड्का, पूर्व–दक्षिण क्षेत्र उपाध्यक्षमा रामबाबु साह, पश्चिम–दक्षिण क्षेत्र उपाध्यक्ष अनिलकुमार अमात्य, सचिवमा ब्रह्मदेव राय, सहसचिवमा कुमार प्रधान र कोषाध्यक्षमा बालकुमार पोते चयन भएका छन्। नयाँ नेतृत्वको कार्यकाल तीन वर्ष रहने निवर्तमान अध्यक्ष राजन केसीले जानकारी दिए।

प्रकाशित: २५ चैत्र २०७५ ०३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App