२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चिकित्सकले भने, ‘पूर्वअर्थमन्त्री अधिकारीलाई बचाउन सक्ने सम्भावना न्यून’

काठमाडौं– पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था निरन्तर खस्किँदो अवस्थामा रहेको चिकित्सकले बताएका छन्। 

मुटु र फोक्सोको समस्याबाट पीडित अधिकारीको उपचार गरिरहेको ह्याम्स अस्पतालले शनिवार अपराह्न परिवारका सदस्यको उपस्थितीमा पत्रकार सम्मेलन गरेर स्वास्थ्यमा कुनै सुधार हुन सकेको जनाएको छ। 

उपचारमा संलग्न डाक्टर हेमराज पनेरुले अधिकारीको स्वास्थ्य निरन्तर खस्किँदो रहेको र महत्वपूर्ण अंगले काम गर्न छोडेको बताए। अधिकारीले २४ घण्टादेखि पिसाब नगरेको बताउँदै डाक्टर पनेरुले भने, ‘हामीले सक्दो प्रयास गरिरहेका छौं। तर, बचाउन सक्ने सम्भावना न्यून देखिन्छ। यद्यपि उहाँ जिवित हुनुहुन्छ।’

अस्पतालले अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन फेरि पत्रकार सम्मेलन गर्ने बताएको छ। 

प्रकाशित: १८ फाल्गुन २०७५ १२:१५ शनिबार

भरतमोहन_अधिकारी उपचार ह्याम्स_अस्पताल