१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सूचना प्रविधि विधेयकले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्‍यो : कांग्रेस

काठमाडौं– संसदमा दर्ता भएको सूचना प्रविधि सम्बन्धी विधेयक २०७५ ले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयत्न गरेको नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले विधेयकले सूचना प्रविधिको क्षेत्रलाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नै असर पर्ने निष्कर्ष कांग्रेसको छ। 

उक्त विधेयकप्रति गम्भीर चासो, चिन्ता र आपत्ति रहेको कांग्रेसले जनाएको छ। विधेयकका अनुदार प्रावधानहरू सच्याउन सरकारलाई कांग्रेसले सचेत गराउने निर्णय समेत गरेको छ। 

यस्तै, फौजदारी संहितामा रहेको प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने केही प्रावधान सच्याउन पनि कांग्रेसले माग गरेको छ। कांग्रेसले उक्त संहितालाई संशोधन गर्न समेत माग गरेको छ। यस्तै पछिल्लो समय देशमा शान्ति सुरक्षा खल्बलिएको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण समेत गराएको छ। 

प्रकाशित: १२ फाल्गुन २०७५ १४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App