१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

'चिकित्सा शिक्षा विधेयक संसदबाट पारित हुन्छ, अनशनको औचित्य छैन'

तस्बिर : दिनेश लुइटेल

काठमाडाैं - सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले चिकित्सा शिक्षा विधेयक जसरी भएपनि संसदबाट पारित हुने बताएका छन।

बिहीबार सिंहदरवारमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरिएकाे पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले प्राध्यापक डा. गोविन्द केसीले हावामा तरबार चलाउन खोजेको आरोप समेत लगाए। उनले शिक्षा तथा स्वास्थ्य समितिले तयार पारेको चिकित्सा शिक्षा विधेयकले डा. केसीसँग भएका सम्झौतालाई सम्बोधन गरेको दाबी गर्दै केसीको अनशनको कुनै औचित्य नरहेको स्पष्ट पारे।

प्रवक्ता बाँस्कोटाले चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत गर्न नदिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गैरलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए। डा. केसीले कहिले सांसदहरुलाई अपिल त कहिले पत्र लेखेकोप्रति जवाफ दिँदै प्रवक्ता बाँस्कोटाले भने “‘सरकारले प्रस्तुत गरेको विधेयक समितिबाट पास भएर आएको छ र  यो अब प्रक्रियाबाट पास हुन्छ , हुनुपर्छ।” उनले सञ्चारमाध्यमले पनि विधेयकमा भएका राम्रा कुराहरुलाई वेवास्ता गर्दै नराम्रो कुराको मात्रै प्रचार गरेकोमा गुनासो गरे। चिकित्सा शिक्षा विधेयकमा भएका राम्रा कुराहरुलाई जनता समक्ष ल्याइदिन सवै सञ्चारमाध्यमलाई मन्त्री बाँस्काेटाले आग्रह समेत गरे।

 

प्रकाशित: १० माघ २०७५ ११:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App