१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मनाङेलाई तत्काल सपथ ग्रहण नगराइने

पाेखरा - अघिल्लो साता सपथग्रहणको लागि गण्डकी प्रदेशसभा सचिवालयमा निवेदन दिएका राजीव गुरुङ उर्फ दिपक मनाङेले तत्काल सपथ ग्रहण गर्न नपाउने भएका छन्। आइतबार बसेकाे कार्यव्यवस्था परामर्श समितिकाे बैठकले उनलाई तत्काल सपथ ग्रहण नगराउने निर्णय गरेकाे हाे। समितिकाे बैठकमा बाेल्दै सभामुख नेत्रनाथ अधिकारीले उनलाई तत्काल सहभागी गराउन नसकिने बताएका हुन्।

सर्वोच्चको आदेशमा थुनामुक्त भएतापनि मुद्धा फैसला नभएको हुँदा सपथग्रहण दिने कि नदिने विषयमा प्रदेशसभा अन्योल रहेकाे थियाे। मनाङेले पुस ११ गते निवेदन दिएपछि यसअघि पनि कार्यव्यवस्था परामर्श समितिमा अनौपचारिक छलफल भइसकेको थियाे। १४ गते बोलाइएको कार्यव्यवस्था समिति बैठकमा गणपुरक संख्या नपुग्दा बैठक बस्न सकेकाे थिएन।

राजनीतिक जीवनमा आउनुपूर्व ‘डन’ को छवि बनाएका मनाङे तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएका हुन्। निर्वाचन जिते पनि उनले सांसदको हैसियत अहिलेसम्म पाएका छैनन्। शपथ लिनुअघि नै उनी कारागार चलान भए। नयाँ फौजदारी संहिताले १० वर्षभन्दा कम सजाय हुने मुद्धामा थुनाबाहिर रहेर मुद्धा लड्न पाउने अधिकार दिएकाले मनाङे सर्वोच्चको आदेशमा पुस ६ गते कारागरमुक्त भएका हुन्।

प्रकाशित: २२ पुस २०७५ ०८:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App