१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सिंहदरबारको भ्रष्टाचार गाउँमा नल्याऔं : भट्टराई

तस्बिर : दमन/नागरिक

खोटाङ - पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयाेजक डा. बाबुराम भट्टराईले सिंहदरबारमा रहेकाे भ्रष्टाचार रोग गाउँमा नल्याउन स्थानीय तहका जनप्रतिनिधिलाई सचेत गराएका छन्। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको विशेष नगरसभालाई विहिबार सम्बोधन गर्दै भट्टराईले सिंहदरबारको अधिकार गाउँमा पुग्नुपर्नेमा भ्रष्टाचार प्रवृत्ति गाउँमा पुगेको जनगुनासो आएको बताए।

‘सिंहदरबार चैं गाउँमा पुर्‍याउने भनेको तर कतिपय अवस्थामा सिंहदरबारमा थुप्रिएर, गुम्सिएर रहेको भ्रष्टाचार गाउँमा गयो भन्ने छ। त्यो रोग चैं नल्याउनुहोला। राम्रो कुरा सिक्ने हो। नराम्रा कुरा सिक्ने होईन’ भट्टराईले भने। उनले मुलुकको संघीयतालाई असफल पार्नका लागि हाल संघीयता विरोधी समुहले स्थानीय तहमा ‘मनपरी भइरहेको, मनलाग्दो कर असुल गरिरहेको’ भन्दै संघीयताप्रति नकरात्मक प्रचार गरिरहेकोतर्फ सचेत रहन अाग्रह गरे। ‘स्थानीय तहले त्यस्तो उत्पात गरेजस्तो लाग्दैन। दुरुपयोग त केन्द्रमा पनि छ। संघीयता र स्थानीय तह भनेको भर्खर जन्मेको बच्चा हो,’ भट्टराईले भने, ‘फोहोर गर्‍यो भन्दैमा नानीलाई फ्याक्दिने होईन, सफा गरेर जानुपर्छ। तर, त्यही वहानामा संघीयतालाई नै फाल्दिने जालमा फस्नु हुँदैन।’

प्रकाशित: २० मंसिर २०७५ १२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App