१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन : सिपी गजुरेल

काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प अहिले नेकपाभित्र कोही पनि नरहेको बताएका छन्। उनले भने, ‘प्रचण्डको अहिले प्रधानमन्त्री हुने कुनै सम्भावना छैन। प्रचण्डमात्रै होइन, ओलीको विकल्प अहिले माधव नेपालपनि होइन। संविधानतः ओलीको अहिले विकल्प छैन्। सडक आन्दोलनबाट चाहीँ हटाउन विकल्पै विकल्प छन्।’

बुधबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकार कुनै हालतमापनि सफल नभएको दाबी गरे। उनले भने, ‘ओली सरकारले जनताको आँखामा छारो हाल्ने कामभन्दा अरु केही पनि गर्न सकेको छैन। यो सरकारलाई सफल सरकार भन्ने ठाउँ कतैपनि छैन्।’

सरकारको यो ७ महिनाको क्रियाकलाप र गतिविधि हेर्दाखेरी पूर्ण रुपमा असफल भएको टिप्पणी गर्दै यसलाई सफल भन्ने केही पनि आधार नभएको दाबी गरे।

प्रकाशित: ७ कार्तिक २०७५ १०:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App