काठमाडौ– विहिबारबाट काठमाडौदेखि भारतको बोधगयासम्मका लागि सिधा बस यातायात सञ्चालनमा आएको छ। नेपाल भारतमैत्री बससेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महाशेठ र नेपालका लागि भारतीय राजदुत मन्जितसिंह पुरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
राजधानी काठमाडौदेखि भारतको बिहार राज्यका मोतिहारी, मुजफ्फरपुर, पटना, बोधगयाका लागि बिहार राज्य पथपरिवहन निगम र स्वयम्भू मञ्जुश्री यातायात प्रालि. सहकार्यमा काठमाडौदेखि पटना बोधगयासम्म सेवा सञ्चालन भएको हो।
प्रकाशित: २८ भाद्र २०७५ १३:०९ बिहीबार