काठमाडौ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीले बिहीबार पदभार ग्रहण गरेका छन्।
सिहदरवारस्थित प्राधिकरण कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्। मंगलबारको मन्त्रिपरिषद् बैठकले उनलाई सो पदमा नियुक्त गरेको थियो। यसअघि उनी २०७२ पुसदेखि करिब १ वर्ष सोही पदमा कार्यरत थिए। गत असार २० गते मन्त्रीपरिषद् बैठकले तत्कालीन कार्यकारी अधिकृत युवराज भुसाललाई वर्खास्त गरेपछि सो पद रिक्त थियो।
प्रकाशित: ३१ श्रावण २०७५ ०६:२८ बिहीबार